विपिन जोशीको शवलाई छिटो परिवारलाई बुझाउन तरुण दलको माग

तुलसीपुर, ३० असोज । नेपाल तरूण दल तुलसीपुर नगर कमिटीले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको शवलाई छिटो परिवारमा बुझाउन माग गरेको छ ।

उनको स्मृतिमा तुलसीपुरमा दीप प्रज्वलन गर्दै यस्तो माग गरिएको हो ।

नेपाल तरुण दल तुलसीपुर नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा नगर अध्यक्ष कमल घर्तीले छिटो भन्दा छिटो शव परिवारमा बुझाउनु पर्ने बताए ।


तुलसीपुरको बीपीचोकमा दिपप्रज्वलन गर्दै उनले यस्तो बताए । कार्यक्रमका प्रमुख अतिथि काँग्रेस नेता केशवराज आचार्यले विदेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाप्रति सरकार जिम्मेवार हुनुपर्ने बताए ।

कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।