
तुलसीपुर, ३१ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ स्थित मावि भित्री सक्रामका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
शनिबार २० जना विद्यार्थीहरुलाई कपी,कलम,झोला, ज्यामिति बक्सलगायतका सामग्री सहयोग गरिएको हो । रिबुइल्ड नेपाल एजुकेशन फाउन्डेशनको आर्थिक सहयोग तथा देवराज वली र घनश्याम केसीको समन्वयमा विद्यार्थीलाई सहयोग गरिएको हो ।
आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गर्नकालागि सामग्री हस्तान्तरण गरिएको हो । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु पनि खुसी भएका थिए ।



लाइभदाङ । ३२ श्रावण २०८२, शनिबार २१:४० बजे