
तुलसीपुर,२९ असोज ।
जेनजी आन्दोलनका क्रममा जलाईएका लुम्बिनी प्रदेश सरकार मातहत रहेका दुई वटा यातायात कार्यालयले सेवा सुरु गरेका छन् । लुम्बिनी प्रदेशमा रहेका चारवटा कार्यालय मध्ये दुईवटा कार्यालय जलाईएको थियो । दाङको तुलसीपुर र बाँकेको नेपालगञ्जमा रहेको यातायात कार्यालय जलाईएको थियो ।
हाल ति दुईवटै कार्यालयले सेवा सुरु गरिसकेको लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताउनुभयो । उहाँका अनुसार लाइसेन्स बाहेकका सेवा प्रारम्भ गरिएको छ।
लाईसेन्सको काम पनि केही समयपछि सुरु हुने उहाँले बताउनुभयो । यातायात व्यवस्था विभागकै सफ्टवेयरमा क्षति पुगेका कारण सुरु हुन नसकेपन केही समयमा सुरु हुने मन्त्री न्यौपानेले बताउनुभयो ।
हाल जाँच पास, रुट परमिट, ब्लुबुक नवीकरण, अस्थायी बाटो इजाजतको काम सुरु गरिएको छ। मन्त्री न्यौपानेले मंगलबार तुलसीपुर स्थित यातायात व्यवस्था कार्यालयको अनुगमनका क्रममा यस्तो बताउनुभएको हो ।
त्यस क्रममा उहाँले कर्मचारीलाई उच्च मनोवलकासाथ काम गर्न निर्देशन दिनुभएको छ ।



लाइभदाङ । २९ आश्विन २०८२, बुधबार ०९:१५ बजे