छाडा पशु चौपाया भोलि नै व्यवस्थापन गर्छौंः कार्यबाहक नगरप्रमुख योगी

दाङ, ४ असोज ।
छाडा पशु चौपायाले स्थानीयलाई पु¥याएको हानि नोक्सानीप्रति लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले नगरपालिकाको ध्यानाकर्षण भएको बताउनु भयो ।

वडा नम्बर ६ का कार्यबाहक वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको नेतृत्वमा गएको एक टोलीसंग कुराकानी गर्दै योगीले छाडा पशु चौपायाहरु व्यवस्थापन गर्ने कुरामा नगरपालिका गम्भीर भएर लागेको जानकारी गराउनु भयो । छाडा पशु पिडितको गुनासो सुनेर कार्यबाहक नगर प्रमुख योगीले भोलिनै ति पशुहरुलाई लमही नगरपालिका–९ रिहारमा रहेको गौशालामा लगिने बताउनु भयो ।


‘लमही क्षेत्रमा जहाँ छाडा पशु चौपायाले स्थानीयलाई सास्ती दिईरहेका छन तुरुन्तै नगरपालिकामा खबर गर्न पनि योगीले अनुरोध गर्नु भएको छ । हामीले ति पशु चौपायालाई नगरपालिकाकै रेखदेखमा व्यवस्थापन गर्छौं’ उहाँले भन्नु भयो ।

खत्री नेतृत्वमा गएको टोलीले छाडा पशुहरुले किसानका बालीनालीमा ठुलो क्षति पुर्याएको भन्दै छिटो भन्दा छिटो नगरपालिकाले व्यवस्थापनमा ध्यान दिनु पर्ने बताएका थिए । लामो समयदेखि लमही नगरपालिका-६ का मध्यनगर, खैरी, लंगडी, कस्यपुर र ढिकपुरमा छाडा पशुहरुको बिगबिगी छ। लगाएको खेतीपाती राम्रोसंग स्याहार्न समेत नपाएको किसानहरुले गुनासो गर्दै आएका छन् ।