ट्याब खाएर कुलतमा फस्ने धेरै

तुलसीपुर, ५ कात्तिक । 
दाङमा पछिल्लो समय लागु औषधका रूपमा रहेको ट्याब खानेहरूको संख्या बढिरहेको छ । मेडिकलबाट अवैद्य रूपमा किनेर ट्याब खाएर सुधारगृह जानेहरुको संख्या बढिरहेको छ ।

दाङको नयाँ पाइला पुर्नस्थापना केन्द्र रहेका ३५ जना मध्ये २५ जना ट्याब खानेहरू नै रहेको प्रबन्ध निर्देशक सुरेश भुषालले बताए । “पछिल्लो समय बढि लागु औषध दर्व्यशनीमा फसेकाहरू धेरै छन्, परिवारले पनि त्यस्तै केश बढि ल्याएर आउनु हुन्छ”,उनले भने “त्यसमा पनि सबै भन्दा बढि ट्याब खानेहरू बढि आउछन् ।”

परिवारले दर्व्यशनी नबुझ्दा पनि सन्तान यसरी बिग्रिरहेको उनको भनाई छ । परिवारले सन्तानले गरिरहेको गतिबिधि ननियाल्दा पनि यसरी दुव्र्यशनी बढिरहेको उनले बताए ।


पुर्नस्थापना केन्द्रमा ६ महिना राखेर उपचार गर्नुपर्ने भएपनि परिवारले नमान्दा एक महिनामै लैजाने गर्दा पनि त्यस्ता ब्यक्तीहरू बढि बिग्रिने गरेको उनको भनाई छ । दर्व्यशनीमा फस्नेहरूमा सानो उमेरका बढि रहेका छन् । १४ वर्षदेखि २५ वर्षसम्मका बढि फस्ने गरेको उनले बताए । साभारः अग्रिम साप्ताहिक