तुलसीपुरमा दुई दिने पत्रकारिता तालीम

गृह राज घर्ती
तुलसीपुर,२५ पुस ।
दाङको तुलसीपुरमा आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ ।

राप्ती पहिचान डट.कमको आयोजनामा भएको सो तालिममा अग्रिम साप्ताहिकका प्रकाशक दिपक बोहरा र राप्ती पहिचान डट कमका संचालक एग्गे बहादुर बुढा मगरले प्रशिक्षण दिएका थिए ।


तालीममा१३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । साथै सो कार्यक्रममा आईटि इञ्जिनियर युवराज आचार्य , पत्रकार खेमराज रिजाल , बालराम खडका, राकेश बस्नेतलगायतले तालीममा सहभागिलाई प्रमाणपत्र प्रदान गरेका थिए ।