भ्रष्टाचार विरुद्ध रास्वपाको समर्थन सभा

तुलसीपुर,३१ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीले तुलसीपुरमा भ्रष्टाचार विरुद्ध सरकारले चालेको कदमको समर्थन गर्दै सभा गरेको छ । सभामा पार्टीका केन्द्रीय सदस्य कमल सुवेदीले सरकारले गरेको यो काम सकारात्मक भएको भन्दै यसमा पछि हट्न नहुँने बताए ।

सरकारको यो कदममा आम देशवासीले सहयोग गर्नुपर्ने उनको भनाई थियो । मुलुकको हितकालागि चालिएको यो कमदले मुलुकलाई समृद्ध बनाउन मद्धत पुग्ने पार्टीका पार्टीका जिल्ला संयोजक भक्तबहादुर डाँगीले बताए ।


मुलुकमा भ्रष्टाचारको जालोले घेरेको अबस्थामा यो कदमले समृद्ध समाज निर्माणकालागि धेरै सहयोग पुग्ने बताए ।