
दाङ, १३ असोज ।
दाङमा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका – १० जलौराका २५ बर्षीय निर्मल डाँगी र सोही वडाको बुधौरा चोक बस्ने २५ बर्षकै शरद घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथ बाट ४ ग्राम ११० मिली ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा घोराही – ८ सौंडीस्थित भित्री सडक खण्डमा रा ४ प ५२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर खान तलासी गर्दा ब्राउन सुगर बरामद गरिएको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।



लाइभदाङ । १३ आश्विन २०८२, सोमबार १९:१९ बजे