
दीपक बोहरा
तुलसीपुर,१२ असोज ।
रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आउदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
आईतबार राति २ बजेतिर लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट-३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका ५ निवासी ६७ बर्षीय पबि कसी, सोही ठाउँका २७ बर्षीय प्रकाश केसी र ३० बर्षीय शसिधर केसीको मृत्यु भएको हो । दुर्घटनामा दुइ जना गम्भीर घाइते भएका छन् । गाडी सडक देखि गाडी १५० मिटर तल खसेको छ ।



लाइभदाङ । १२ आश्विन २०८२, आईतवार ०८:०१ बजे