दाङ जिल्लामा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार तिब्र रुपमा

दाङ ८ असाेज ।

दाङ जिल्लाका विभिन्न स्कुल तथा क्याम्पस हरुमा पछिल्लो समयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आफनो संगठन बिस्तार कार्यक्रम तिब्र बनाएको छ ।

संगठन बिस्तार कार्यक्रम अन्तरगत सिद्व पृथ्वी जनता मा वि मा ११ सदस्यीय कमिटी गठन गरिएको छ। जसमा अध्यक्ष; अविशेक वलि, उपाध्यक्ष; सृजना खडका र सुनिता के सी, सचिव; कमल चौधरी, सहसचिव; मोहन डागि, सदस्यहरुमा डिला चौधरी, भुमा थापा, ममता विक र सुदन चौधरी रहेका छन। उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का फयाक्सन इन्चार्ज वासु भण्डारी, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष मनोज थापा, अखिल (क्रान्तिकारी) का करण खडका, आयुस रसायली समेतको उपस्थीती रहेको थियो। उक्त कार्यक्रममा बाल्दै अखिल (क्रान्तिकारी) का फयाक्सन इन्चार्ज वासु भण्डारी ले देशको नेतृत्व गरिरहेका वर्गको लाचारीपनले देश उधोगति तर्फ बढि रहेको उल्लेख गर्नुभयो।


उहाले अहिले नेतृत्व गरिरहेका व्यक्तिहरु आफनो स्वार्थमा लिप्त भएकोले छिमेकी मुलुकहरुको हामी प्रती को दृष्टिकोण फरक हुन गएको आरोप लगाउनुभयो। साथै उहाले केहीदिन अगाडी महाकाली नदी तर्ने क्रममा तुइन काटी दीदा नदिमा खसि बेपत्ता भएका जयसिंह धामी जस्ता धेरैले भारतीय पक्षको कारण अनायसै मृत्युवरण गर्दापनि सम्बन्धित निकाय लाचार भएको बताउनु भयो। उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष मनोज थापा ले अमेरिकाले सहयोगको नाम मा दिएको सहयोग देशको हित विपरित रहेको बताउनु भएको छ।

साथै शैक्षिक गुणस्तर सुधार र शिक्षामा हुने भस्ट्राचार को विरुद्द आवाज उठाउन अखिल (क्रान्तिकारी) ले दाङ का विभिन्न बोर्डिङ, स्कुल तथा क्याम्पस हरुमा पुगेको समेत जानकारी दिनुभयो । साथै थापाले विद्यालयमा हुने भस्ट्राचांर अनियमितता र ढिला सुस्तीका विरुद्द संघर्ष गर्ने बताउनु भएको छ । उक्त अभियान दाङ जिल्लाका सम्पुर्ण विद्यालयमा पुगेर शैक्षिक माफियाका विरुद्द जिल्ला व्यापी रुपमा लागेको बताउनू भयो ।