दाङको लमहीमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ, ५ साउन ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको  छ । लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।