विनोद कुमार श्रेष्ठद्वारा गर्भनर पदमा उम्मेदवारी घोषणा

तुलसीपुर
२४ पुस / बिनोद कुमार श्रेष्ठले डिष्ट्रिय ३२५ बि टु एरिया ५ को गर्भनर पदको घोषणा गरेका छन् । तुलसीपुरमा आज शनिबार आयोजित लायन्स फेलोशिप कार्यक्रम डिष्ट्रीक ३२५ बि टु एरिया ५ उम्मेदवारी घोषणा कार्यक्रममा सन् १९९६ अर्थात २०५२ देखि लायन्स क्लवमा आवद्ध श्रेष्ठले गर्भनर पदमा घोषणा गरेका हुन् ।

दाङमा यसअघि कसैलेपनि लायन्स क्लवको गर्भनर पदको जिम्मेवारी सम्लाने अवसर प्राप्त भने पाएका छैनन् । लामो समयदेखि लायन्समा आबद्ध श्रेष्ठ मानव अधिकार तथा शान्ति समाज दाङ शाखा सभापति पनि भईसकेका ब्यक्ती हुन् । उनी हाल राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सभापतिको जिम्मेवारीमा छन् ।

सोही कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतलाई सम्मान गरिएको थियो । उनले मानव अधिकारको क्षेत्रमा उल्लेख्य भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । त्यस्तै,संघिय सांसद हिराचन्द्र केसी,सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय अध्यक्ष अर्जुन गिरी,नेपाल जेजिसका केन्द्रिय उपाध्यक्ष नेत्रलाल भट्टराई,नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रिय सदस्य उत्तमकुमार श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।


लायन्स क्लवका अध्यक्ष टेकनप्रसाद केँडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ब गर्भनर मधुसुदन शर्मा,सांसद हिराचन्द्र केसी,लायन्स क्लवका ज्ञानेन्द्र श्रेष्ठ र मुकुट ढकाल,सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, नेपाल जेजिसका केन्द्रिय उपाध्यक्ष नेत्रलाल भट्टराई,नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रिय सदस्य उत्तमकुमार श्रेष्ठ,लायन्स क्लवका लव अधिकारी र सुरेश हमाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा तुलसी राना र सहजीकरण गणेश अधिकारीले गरेका थिए । लायन्स क्लवको अधिबेसन आगामी फागुण महिनामा हुने बताईएको छ ।