बागर महोत्सवः शुक्रबार सिमरन परियारलगायतका कलाकार आउँदै

तुलसीपुर, ९ असोज । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ बागरमा विहीबारदेखि सुरु भएको महोत्सवमा शुक्रबार सिमरन परियारलगायतका कलाकारको प्रस्तुती रहने भएको छ ।

दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत बागरमा सुरु भएको दंगीशरण महोत्सवमा शुक्रबार परियारसहित रोशन रत्गैया,गोमा हिमानी,आरजे रासकोटी, राजेन्द्र्र परियारलगायतका कलाकारहरुले प्रस्तुती राख्ने भएका हुन् ।

फ्रेन्डस स्केट जोन प्रालि नारायणपुर दाङको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सहआयोजनामा दोस्रो दंगीशरण कृषि,पर्यटन, ब्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन भएको हो ।


जसको संरक्षकमा दंगीशरण गाउँपालिका र दंगीशरण गाउँपालिका वडा नं. ६ रहेका छन् । स्थानीय उत्पादनलाई बजारीकरण गर्ने तथा त्यस क्षेत्रको पर्यटनलाई प्रबद्र्धन गर्न विहीबारदेखि महोत्सव सञ्चालन भएको हो ।

महोत्सवको उद्घाटन दंगीशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरीले गरेका थिए ।