सामुदायिक रेडियो हापुरेको १० औं वार्षिकोत्सबमा २१ जना द्वारा रक्तदान

हापुरे, १२ बैशाख ।
दाङको बबई गाउँपालिका वडा नम्बर ४ हापुरेबाट सञ्चालित सामुदायिक रेडियो हापुरेले १० औं वार्षिकोत्सब रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको छ। २०७१ बैशाख ११ गते प्रतक्ष प्रशारण सुरु गरेको रेडियोले मंगलबार १० औं वार्षिकोत्सबको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ जना महिला र १८ जना पुरुष गरी २१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा खुम बहादुर खड्का, प्रकाश पौडेल भिमकान्त बस्याल (सँगीत),भुप बहादुर श्रीस,झुपलाल बुढा क्षेत्री,दल बहादुर परियार,अर्जुन परियार, जितु परियार, बिष्णुप्रसाद भण्डारी,महेन्द्र नारायण खराल,तिलक खड्का,तिलक बहादुर केसी, टिकाराम खत्री,एल.बि बोहरा,भिमा पाण्डे, हिमाल परियार, प्रमेश्वर बुढा क्षेत्री,डिल्ली बहादुर वली,रामप्रसाद सुवेदी, देविकला सुवेदी र करिना परियारले रक्तदान गर्नुभएको हो ।


सामुदायिक रेडियो हापुरेका सञ्चालक समिति कार्यवाहक अध्यक्ष राम बहादुर डाँगीको अध्यक्षता, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य भिमकान्त बस्याल (सँगीत), बबई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर वली र वडा नम्बर ५ का वडाध्यक्ष हर्कबहादुर श्रीस मगरको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक रेडियो हापुरेको आयोजनामा सम्पन्न कार्यक्रमलाई प्राविधिक सहयोग रक्त सञ्चार केन्द्र तुलसीपुर दाङको रहेको थियो । रेडियोका स्टेसन म्यानेजर रामप्रसाद सुवेदीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्चालक समिति महासचिव प्रेम बहादुर राम्जा मगरले गर्नुभएको थियो ।