दाङ टेक्निकल कलेजमा विद्यार्थीलाई संगीतमय स्वागत र विदाई

तुलसीपुर, ४ असोज । कोही चौधरी समुदायको पोशाकमा सजिएका थिए, कोही गुन्यु चोलीमा सजिएका थिए त कोही साडीमा सजिएका थिए । त्यही पोशाकमा प्रस्तुत गरिएका नृत्यले झनै हललाई मनोरम बनाएको थियो ।

दाङको तुलसीपुरमा रहेको दाङ टेक्निकल कलेजका विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रममा यसरी विद्यार्थीहरुले आफ्ना कला प्रस्तुत गरेकाथिए । कलेजका एचए र ल्याब टेक्निसियन प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो, भने तेस्रो बर्षको अन्तिम परिक्षा दिएर जादै गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।

त्यस अवसरमा प्राविधिक शिक्षा तथा व्यवसायीक परिषद(सिटिइभिटि) लुम्बिनी प्रदेशका उप–निर्देशक यादव प्रसाद सुवेदीले पछिल्लो समय विद्यार्थीहरु १२ पास गरेपछि विदेश पलायन हुँदा प्राबिधिक शिक्षालयहरु बन्द हुने अबस्थामामा पुगेको बताए । अहिले पनि मुलुकमा स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाब रहेको समेत उनको भनाई छ । एचए र ल्याब टेक्निसियन अध्ययन गरेपछी स्वदेशमै रोजगार पाउन सकिने उनले बताए ।


कार्यक्रममा तुलसीपुर सिटी हस्पिटलका अध्यक्ष विमल रिजाल, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पदमराज अधिकारी, स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबि गुरुङ, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसी, पत्रकार दिपक बोहराले विद्यार्थीहरु अनुशासित हुनुपर्ने बताएका थिए । यो उमेरमा विद्यार्थीहरु गलत बाटो हिडेमा त्यसले भबिष्यमा असर गर्ने बताएका थिए ।

कलेज २०५४ सालमा स्थापना भएको हो । कलेजले स्वास्थ्य क्षेत्रको उत्कृष्ट जनशक्ति उत्पादन गर्ने गरिरहेको कलेजका अध्यक्ष दोर्ण वलीले बताए । कार्यक्रमको सहजीकरण प्रिन्सीपल असोक कुमार यादव र एचए द्रोस्रो बर्षमा अध्ययनरत इन्दिरा ओलीले गरेकी थिइन ।