
तुलसीपुर, ३ असोज ।
दाङको दंगीशरण गाउँपालिका वडा नंं.६ स्थित बागरमा सञ्चालन हुने महोत्सव ६ असोजदेखि सुरू हुने भएको छ । दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत बागरमा यही असोज ६ देखि २५ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।
फ्रेन्डस स्केट जोन प्रालि नारायणपुर दाङको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सहआयोजनामा दोस्रो दंगीशरण कृषि,पर्यटन, ब्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन हुन लागेको हो । जसको संरक्षकमा दंगीशरण गाउँपालिका र दंगीशरण गाउँपालिका वडा नं. ६ रहेका छन् ।
स्थानीय उत्पादनलाई बजारीकरण गर्ने तथा त्यस क्षेत्रको पर्यटनलाई प्रबद्र्धन गर्न महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव सञ्चालक समितिका संयोजक अजय बुढाथोकीले बताए । उनका अनुसार महोत्सवमा ज्योति मगर, जी–बब, राजु परियार, शान्तारानी परियार, श्याम राना, अनु चौधरी, टीका सानु, अन्जु कुस्मी, भागीरथ चलाउने, शत्तिः चन्द, सिमरन परियारलगायतका कलाकारहरुले प्रस्तुती राख्ने छन् ।
साथै महोत्सवमा स्टलहरु पनि रहनेछन् । स्थानीय उत्पादन तथा उद्यमलाई निःशुल्क स्टल दिईने बुढाथोकीले बताए ।



लाइभदाङ । ३ आश्विन २०८२, शुक्रबार ०८:०२ बजे