
तुलसीपुर,२ असोज । नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुरले अपाङ्ग समाज सुधार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ ।
दुई बोरा चामल,दाललगायतका खाद्यान्न सामग्री सहयोग गरिएको छ । महासंघका अध्यक्ष बेदप्रसाद वली, महासचिब कृष्ण पुनलगायतको टोलीले खाद्यान्न सहयोग गरेका हुन् ।
समाजका अध्यक्ष इश्वरी प्रसाद खड्का, संस्थापक अध्यक्ष हुमकान्त कडेँललाई बुधबार उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
अपाङ्गता भएका ब्यक्तीद्वारा सञ्चालित केन्द्रमा थेरापी सेन्टर सञ्चालनमा भएकाले यस्ता संस्थाहरुलाई आफूहरुले सहयोग गर्नुपर्ने अध्यक्ष वलीले बताए ।



लाइभदाङ । २ आश्विन २०८२, बिहीबार ११:२७ बजे