दंगीशरण गाउँपालिका स्वास्थ्य सेवा मूल्यांकनमा पहिलो

दाङ, १ कात्तिक ।
आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमअन्तर्गत दंगीशरण गाउँपालिका दाङ जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको छ।

स्वास्थ्य कार्यालय दाङद्वारा आयोजित वार्षिक समीक्षा गोष्ठीमा शुक्रबार दाङका १० वटै स्थानीय तहबीचको मूल्यांकनमा दंगीशरण गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्दै पहिलो स्थान प्राप्त गरेको घोषणा गरिएको हो। यस्तै लमही नगरपालिका दितिय र तुलसिपुर उपमहानगरपालिका तृतीय भएका हुन् ।


विभिन्न सूचकाङ्कका आधारमा गरिएको मूल्यांकनमा दंगीशरण गाउँपालिका अग्रस्थानमा आउन सफल भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख ठग बहादुर गुरुङले जानकारी दिए ।

उक्त अवसरमा एक भव्य औपचारिक कार्यक्रममा दंगीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो।