
दाङ, १६ असोज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन आगामी असोज २४ गते गर्ने निर्णय भएको छ। संघका अध्यक्ष वसन्त जोशीले निर्वाचन असोज २४ गते गर्ने निर्णय भएको जानकारी दिनुभएको हो।
अदालतको आदेशपछि असोज ११ गते रोकिएको निर्वाचन प्रक्रिया सोही प्रक्रियाबाट अघि बढाइने अध्यक्ष जोशीले बताउनुभयो। यसअघि निर्वाचनका लागि तय गरिएको प्रक्रिया र तयारीलाई निरन्तरता दिँदै निर्वाचन सम्पन्न गरिने उहाँको भनाइ छ।
निर्वाचन सम्पन्न गर्न दाङ जिल्ला बार एसोसिएसनका अध्यक्ष मणिराज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। समितिमा नारायणप्रसाद भुसाल र टंकसिंह बुढाथोकी सदस्य रहनुभएको छ। सोही निर्वाचन समितिले असोज २४ गते संघको निर्वाचन गराउनेछ।



लाइभदाङ । १६ आश्विन २०८३, शुक्रबार १८:२८ बजे