दंगिशरणमा रनिङ शिल्ड सुरु

लक्ष्मण बस्नेत,
माघ २७ दाङ ।
दंगिशरण गाउँपालिका स्तरिय पाचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ बिहिवार देखि सुरु भएको छ । दंगिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिको संयोजनमा संचालित प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय दिपक गिरिले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरिले दंगिशरण गाउँपालिकालाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न आफू लागि पर्ने बताएका छन् । भौगोलिक भु–बनोट र हावापानीका दृष्टिकोणले उत्तम पालिका खेलकुदको गन्तव्य बन्न खेल पुर्वाधार पहिलो आधार हो । यसर्थ हामी पालिकामा बहुउद्देश्यीय कवर्डहल निर्माणलाई पहिलो प्राथिकतामा राखेका छौ उनले भने ।

खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजै देखि खेल विकासमा जुटौ सिङ्गो पालिका खेलकुदको गन्तव्य अवश्य बन्नेछ उनले भने ।


कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सभा सदस्य माननीय धन बहादुर मास्किले स्थानिय तहले ग्रमाणी स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्दै यसको विकासमा चासो र चिन्तन गर्नु पर्ने बताउनु भयो। मानव जिवनमा शिक्षाको जत्तिको महत्त्व छ खेलकुद पनि त्यत्तिकै महत्त्व रहेकाले शिक्षा र खेलकुदलाई संग संगै लैजानु उहाँको भनाईछ । उहाँले यस क्षेत्रको खेलकुदको बिकासमा आफू लागि पर्ने बताउनु भयो ।

साथै उहाँले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताउनु भयो । गाँउपालिका अध्यक्ष सम्भु गिरिले बालवालिकाको सर्वाङगीन विकासको आधारशिला खेलकुद क्षेत्रको विकासमा आँफु लागि पर्ने बताउनु भयो । हामी गाँउपालिकाको निति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौ,अब दंगिशरण गाँउपालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ अध्यक्ष गिरिले भन्नुभयो ।

गाउँपालिका सामाजिक बिकास समितिका संयोजक रोषण जंग शाहको स्वागत रहेको कार्यक्रममा विभिन्न कला संस्कृती झल्कने नृत्री प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन पालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले गर्नु भएको थियो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिका स्तरका सामुदायिक तथा निजि बिधालय गरि ८ विद्यालयको सहभागिता रहेको पालिका प्रेस संयोजक प्रमोद आचार्यले जानकारी दिनु भएको छ ।

यसैबिच बिहिबार सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड ईभेन्ट्समा बिरेन्द्र नमुना माबी हेकुली ५ स्वर्ण,१ रजत र १ कास्य पदका साथ अग्र स्थानमा रहेको छ । त्यस्तै सिद्धपृथ्वी माबी श्रीगाउ १ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ दोस्रो स्थानमा रहदा माबी मधपुर १ स्वर्ण,१ रजत र २ कास्य पदकका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिनु भएकोछ । प्रतियोगिता अन्तरगत शुक्रबार एथलेटिक्स, कबड्डी र भलिबल छात्र छात्रा तर्फ खेलहरु बिहान ८ बजेदेखी सुरु भएका छन् ।