
दाङ, १६ असोज।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा साना तथा ठूला गरी ५ सय ४४ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकको सेवामार्फत भदौ महिनामा ५ सय ४४ जना बिरामीको विभिन्न प्रकारका शल्यक्रिया सफलतापूर्वक गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक सह–प्राध्यापक डा।सुरेश रसाइलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्त्रीरोग, अर्थोपेडिक, सर्जरी, ईएनटी, युरोलोजी, न्युरो तथा आँखालगायतका विभागबाट बिरामीको शल्यक्रिया गरिएको हो । जसअनुसार प्रसुतीतर्फ २ सय १ जना, हाडजोर्नीतर्फ ४, सर्जरीतर्फ १ सय २ जना, नाक कान घाँटी रोगतर्फ २७ जना, युरोलोजीतर्फ ९२ जना, आँखातर्फ २० जना र न्यूरोतर्फ १ जना गरी जम्मा ५ सय ४४ जना बिरामीको सफल शल्यक्र्रिया भएको थियो ।



लाइभदाङ । १६ आश्विन २०८३, शुक्रबार १८:२४ बजे