
जेनजीको आन्दोलनका क्रममा देशभर नै सरकारी सम्पतिलाई आगजनी गरेर खरानी नै पारियो । देशको मुटुमा रहेका मुख्य बाघडोर सिंहदरवार, संसद भवन नै आगजनी भए । संघीय राजधानीमै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत जले । यसले समग्र देशलाई नै असर गरिरहेको हुन्छ । सिंहदरबारमा देशभरको डाटा संकलन हुन्छ । ति डाटाहरु कति सुरक्षित छन्, वा छैनन् । यदि सुरक्षित नभएको सन्दर्भमा मुलुकका हरेक तथ्यांक हराउने र मुलुकलाई झनै अफ्टेरो पर्ने अबस्था आउन सक्छ । केन्द्रका सर्वोच्च निकायहरु जलेपछि जिल्लाका कार्यालय जलाउन आन्दोलनमा होमिएकाहरुलाई सहज भयो । जिल्लाका पालिकाका कार्यालयसहित मालपोत, यातायात, अदालतलगायत अन्य विकासे कार्यालयहरुमा पनि तोडफोड मात्रै भएन, आगजनी समेत भयो । आन्दोलनकारीहरु त्यतिकैमा रोकिएनन् । ब्यक्तीका घर तथा ब्यबसायमा समेत आगजनी गरे । नेताहरुका घरहरु आन्दोलनकारीको तारो बने ।
आन्दोलनको भीड अराजक भयो भने त्यस्ले यस्ता वितन्डा मच्चाउने गर्छ । तर, जेनजीका नाममा भएको यो अन्दोलनको उद्देश्य सरकारी संरचनामा आगजनी गर्ने थिएन । आफ्ना मागहरु शान्तिपूर्ण आन्दोलनकै माध्यामबाट राख्ने र यो पुस्ताको बौद्धिकतालाई समाजमा बुझाउनु नै थियो । तर, केही दिन अघि भएको आन्दोलनले नयाँ पुस्तालाई अराजग पुस्ताको शंज्ञा दियो । मुलुक नै तहसनहस भयो । क्रान्तिका बेला क्षति हुन्छ, त्यो स्वभाविक नै हो । प्रजातात्रकालागि गरिएका बिभिन्न आन्दोलन होस्, माओवादीको जनयुद्ध नै किन नहोस्, त्यहाँ पनि क्षति भएका थिए र परिर्तन पनि भएका थिए । अहिलेको आन्दोलनले पनि अहिलेको सरकार त परिबर्तन ग¥यो, अब यसलाई सही ढंगले ब्यबस्थापन गर्न सकिएमा जेनजीले चाहेको मुलुकको ब्याप्त भ्रष्टाचार अन्त्य गरि शुसासनयुक्त अभियान, जनतालाई सहज सेवा प्रदान तथा रोजगारका अवसरहरु सिर्जना गर्ने कार्यको जग अगाडी बढ्नेछ, भन्ने अपेक्षा लिइएएको छ ।
यद्यपी मुलुकका कार्यालयहरुमा भएका विभिन्न अगजनीका घटनाहरुले गर्दा यो सरकारले छोटो समयमा काम गर्न सक्ने अबस्था छैन । सोचे अनुरुप काम नहुँदा त्यसले सकारात्मक परिमाण ननिकाल्ने र फेरि विद्रोह कै अबस्था आउन सक्छ, भन्ने कुरामा पनि सचेत हुनुपर्छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ३१ भाद्र २०८२, मंगलवार १०:४३ बजे