एमाले दाङको अध्यक्षमा बस्नेत

दाङ
२४ पुस / नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् । उनी निबर्तमान उपाध्क्ष हुन् ।

शुक्रवार सम्पन्न १३ औं जिल्ला अधिबेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा उपाध्यक्षमा राममणी पाण्डे, सचिबमा मनोहर बुढाथोकी, उप–सचिब कृष्ण भुसाल र हिरा देवी पुनलाई चयन गरिएको छ ।


जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।