तुलसीपुरमा कोरोनाका १०६ संक्रिय संक्रमित

दाङ
२३ पुस / दाङको तुलसीपुरमा तिब्र रुपमा कोरोना संक्रमण फैलिएको छ ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार शुक्रबार मात्रै ८१ जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ४ जना विद्यार्थी, ५ जना शिक्षक, २ जना स्वास्थ्यकर्मी, एक जना कर्मचारी र एकजना पत्रकार समेत रहेका छन् ।


आज संक्रमित भएका मध्ये २ जना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको कोरोना कक्षमा भर्ना भएका छन् । आजसम्म तुलसीपुरमा १०६ जना सक्रिय संक्रमित रहेको उहाँले जानकारी दिनुभयो ।

अहिले तुलसीपुरका ४ जना अस्पताल भर्ना भएका छन् । साथै उनले कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् । संक्रमतिको दर तिब्र रुपमा बढेपछि तुलसीपुरमा यही २५ गतेदेखि माघ ३ गतेसम्म बन्द गरिएको छ ।