
दाङ, १९ भदौ ।
दाङको घोराही उपमहानगरपालिका–१३ डम्मुर गाउँबाट प्रहरीले दुई दाजुभाइलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुम्मरगाउँका २१ वर्षिय पुस्कर घर्ती र उनका सहोदार दाजु २७ वर्षिय कमल घर्ती रहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ करिब ४ः३० बजे वडा प्रहरी कार्यालय घोराहीबाट गस्तीमा खटिएको टोलीले घर्तीलाई संकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट १ ग्राम ८६० मिलिग्राम तौलको ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो।
घर्तिको डेरा रहेको कोठामा थप खानतलासी गर्दा उनका सहोदर दाजु २७ वर्षीय कमल घर्तीलाई लागुऔषधको पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनको कोठाबाट १६ पुरिया ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको छ, जसको तौल ५ ग्राम रहेको प्रहरीले जनाएको छ।
दुवै जनाबाट जम्मा ६ ग्राम ८६० मिलिग्राम लागुऔषध बरामद भएको र उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



लाइभदाङ । १९ भाद्र २०८२, बिहीबार १९:०६ बजे