
२०८२ असार ०८ गते ।
मेष : सामाजिक क्षेत्रमा मान–सम्मान मिल्नेछ। व्यवसायमा फाइदा हुने संकेत छ। तर, प्रेम वा दाम्पत्यमा विचार मिलाउन धैर्य गर्नुहोला।
वृष : आर्थिक पक्षमा मजबुती देखिन्छ। परिश्रम अनुसार लाभ हुनेछ। पारिवारिक समर्थन मिल्नेछ, तर सहकर्मीप्रति ईर्ष्या नगर्नु उचित् हुनेछ।
मिथुन : वाणीमा मिठास आउनेछ। शुभ समाचार सुन्न पाइने समय छ। प्रेम र भेटघाटमा समय बित्नेछ। ध्यान केन्द्रित गर्नुहोला।
कर्कट : सामान्य भावुकता बढ्न सक्छ। माया र मोहबीच निर्णय कठिन हुनसक्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ।
सिंह : सहयोगी साथिको साथले नयाँ अवसर आउन सक्छ। टाढाको यात्राको सम्भावना देखिन्छ। पढाइ वा सृजनात्मक कार्यमा मन जानेछ।
कन्या : काममा नयाँ जिम्मेवारी थपिन सक्छ। वरिष्ठको विश्वास जितिनेछ। एकाग्रता र संयमको आवश्यकता पर्नेछ।
तुला : चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मबल उच्च हुनेछ। काममा प्रगति हुनेछ ।सम्बन्धमा मिठास र आत्मविश्लेषणका लागि उपयुक्त समय रहेको छ ।
वृश्चिक : मन केही चञ्चल रहन सक्छ। गोप्य शत्रुबाट सजग रहनुहोस्। ध्यान, योग वा आत्ममूल्याङ्कनको दिन बन्न सक्छ।
धनु : साझेदारी र मित्रतामा सुधार आउनेछ। रमाइलो भेटघाट र यात्राको योग रहेको छ ।प्रेम प्रस्तावका लागि समय उपयुक्त छ।
मकर : व्यावसायिक क्षेत्र सुधारोन्मुख देखिन्छ। समय व्यवस्थापनमा सफलता मिल्नेछ। कर्तव्यमा गम्भीर रहनु पर्नेछ ।
कुम्भ : सामाजिक वा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। गुरु वा मान्यजनसँग सल्लाह लिदा उपयोगी हुनेछ। आत्मबल बढ्नेछ।
मीन : धन सम्बन्धी योजनामा सावधानी आवश्यक छ ।अरुको कुरामा धेरै ध्यान नदिनुहोस्। स्वास्थ्यमा सानो कमजोरी देखिन सक्छ ख्याल गर्नु होला ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । ८ असार २०८२, आईतवार ०९:१८ बजे