
मिति २०८२ भदौ १९ गते ।
मेष : अध्ययन–अध्यापनमा मन जानेछ। आत्मविश्वास बढ्नेछ। छोटो दूरीको यात्रा सफल हुने देखिन्छ। तर, आर्थिक पक्षमा सतर्क रहनुहोला।
वृष : धनागम बढ्ने संकेत छन्। परिवारमा आत्मीयता र सद्भाव रहला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। स्वास्थ्यतर्फ ध्यान दिन आवश्यक छ।
मिथुन : नयाँ कार्यको योजना बन्नेछ। भेटघाट र छलफलमा सफलता मिल्नेछ। प्रेमप्रसंगमा मधुरता बढ्ने सम्भावना छ। तर, अनावश्यक वादविवादबाट टाढा रहनुहोस्।
कर्कट : धन खर्च बढ्न सक्छ। मनमा अस्थिरता रहने समय छ। शान्तचित्त भएर काम गर्दा फाइदा मिल्नेछ। आध्यात्मिक कार्यमा आकर्षण बढ्नेछ।
सिंह : मित्रता र सहयोगको वातावरण बन्नेछ। सामाजिक मान्यता बढ्ने सम्भावना छ। नयाँ अवसर पाइने दिन छ। कार्यक्षेत्रमा प्रगति देखिन्छ।
कन्या : पेशागत काममा सफलता मिल्नेछ। उच्च पदस्थ व्यक्तिहरूको सहयोग पाइनेछ। तर, घरपरिवारतर्फ अलि व्यस्तता बढ्न सक्छ। खर्च नियन्त्रित राख्न आवश्यक छ।
तुला : दूरगामी काममा सफलता मिल्नेछ। शिक्षा तथा प्रतियोगितामा राम्रो परिणाम देखिन्छ। यात्राको अवसर बन्न सक्छ। धार्मिक कार्यमा मन जानेछ।
वृश्चिक : अचानक धन लाभको सम्भावना छ। तर, मानसिक चञ्चलता बढ्नेछ। गोप्य कुरा चुहिने डर रहन सक्छ। आत्मनियन्त्रणमा रहनुहोला।
धनु : दाम्पत्य जीवनमा मधुरता रहला। साझेदारीमा काम गर्नेले लाभ पाउनेछन्। समझदारीले अगाडि बढ्दा नयाँ अवसर प्राप्त हुनेछ।
मकर : स्वास्थ्यमा सुधार देखिन्छ। कार्यक्षेत्रमा परिश्रमले सफलता दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन्। तर, अत्यधिक बोलचालले समस्या निम्त्याउन सक्छ।
कुम्भ : मनोरञ्जन र प्रेम सम्बन्धमा उत्साह बढ्नेछ। नयाँ मित्र बन्न सक्छन्। कला–साहित्यमा रुचि बढ्नेछ। तर, खर्चमा संयम अपनाउनुहोस्।
मीन : परिवारमा आत्मीयता बढ्नेछ। घर–जग्गा वा सम्पत्ति सम्बन्धी लाभ मिल्ने सम्भावना छ। मातापिताको सहयोग पाइनेछ। कार्यक्षेत्रमा प्रगति हुने दिन छ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । १९ भाद्र २०८२, बिहीबार ०८:३१ बजे