चर्चित लोक गायक रेग्मी पनि वडा अध्यक्षको दाबी

निराश पान्डे
शान्तिनगर, २१ चैत ।


चर्तित लोक गायक प्रकाश रेग्मिले आज आफ्नो वडा अध्यक्ष पदमा दाबी पेस गरेका छन पश्चिम् दाङ्गको शान्तिनगर गाउँ पालिका वडा नम्बर चार गिधनिया निवासी रेग्मिले शान्तिनगरको ४ नम्बर वडामा अध्यक्षमा आफ्नो दाबी पेस गरेका छन ।दुई दसक अघि देखि गायन क्षेत्रमा लागेका रेग्मिले आधुनिक र लोकगित गरि झन्डै ५ सय जति गित गाई सकेका छन। आफ्नो उम्मेदवारीको दाबी पेस गर्दै गायक तथा संगितकार रेग्मिले चार नम्बरको समग्र बिकासको लागि आफुले मोडालिटी समेत तयार पारेको जनाएका छन संगित र गायन क्षेत्र बाट आफुले समाज सेवा गरि सकेको र अब जनप्रतिनिधि भएर काम गर्ने इच्छा रहेको रेग्मिले बताएका छन। आफ्नै पहलमा गिधनिया खोलामा झन्डै १२ करोड को पुल बन्ने तयारीमा समेत रहेको उनले बताए अबको नेतृत्व युबा पुस्तामा हस्तान्तरण हुनुपर्ने समेत बताएका छन। ४ नम्बर वडामा आफ्नो उम्मेदवारी दाबी पेस गर्ने हरुमा लेवाराम आचार्य , कृष्ण कुमार खत्री , खडक बहादुर केसि, तुलसी राम कंडेल, केसब खडका, बालाराम पौडेल , चेतानन्द बस्नेत, अमर बहादुर गिरि र चेत बहादुर डाङी रहेका छन।भेला वडा सभापति चेत बहादुर डाङ्गिको सभापतित्वमा भएको थियो।