दंगीशरण-१ मा तिजमिलन कार्यक्रम सम्पन्न

दंगीशरण, १५ भदौ ।
दंगीशरण गाउँपलिका वडा नं. १ ले हिन्दु महिला नारीहरुको चाड तिजपर्व र थारुजातिको पर्व अट्वारी पर्वको अवसरपारी तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ ।

दंगीशरण गाउँपलिका वडा नं. १ को आयोजना,दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग,पतन्जलि योग समिती दंगीशरण र समृद्ध समाज दंगीशरणको सहजीकरणमा तिजमिलन कार्यक्रम सम्पन्न भएको हो । वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा तिजमिलन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले संस्कार र संस्कृतीको संरक्षणका लागि आफु निर्वाचित भएर आएपछि निरन्तर माघि महोत्सव,तिजमिलन जस्ता कार्यक्रमहरु गर्दै आएको बताए । हरेक जातजातिलाई सम्मान गर्दै भौतिक पुर्वाधार र मानविय विकासलाई सङ्गै–सङ्गै लगेको बताए।


यस्तै कार्यक्रमकी बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तिजको नाममा हुने बिकृती बिसङ्गतीको अन्त्यगर्नु पर्ने बताइन । अर्को एक प्रसङ्गमा उपाध्यक्ष खड्काले अब राज्यको हरेको क्षेत्रमा महिलाहरुलाई प्राथमिकता हुनुपर्ने बताइन ।

थारुजातीको अट्वारी पर्वा र महिलाहरुको चाड हरीतालिका तिजको अवसरमा आयोजना गरीएको सास्कृतीक कार्यक्रममा मौलिक मादल,बासुरीमा पुराना तिजका भाकामा नृत्य प्रस्तुत गरीएकोथियो ।