माओवादी केन्द्रले बुझायो शान्तिनगर गाउँपालिकालाई ज्ञापनपत्र

तुलसीपुर, १५ भदौ । माओवादी केन्द्र शान्तिनगरसहित मातहतका बिभिन्न संघ संगठनहरुले संयुक्त रुपमा शान्तिनगर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

पालिकालाई नीति, विधि अनुसार सञ्चालन गर्नकालागि ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा ढुंगा, गिट्टी,बालुवा, काठको चोरी रोक्नु पर्ने, विद्यालय ब्यबस्थापन समितिको क्षेत्राधिकार हनन् हुने गरि शिक्षक सरुवा तथा कर्मचारी नियुक्ती बन्द गर्नुपर्ने,उत्कृष्ट कार्य गर्ने प्रधानाध्यापकलाई सरुवा गर्नेजस्ता कार्य रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

त्यस्तै सरकारको निर्देशन अनुसार सबै विद्यालयमा प्रधानाध्यापक नियुक्तीकालागि प्रक्रिया बढाउनु पर्ने, जनताका काम ढिलासुस्ती गर्न नहुँने,सरकारी गाडीको दुरुपयोग गर्न नहुँने,कृषि र पशु शाखामा विज्ञ हुँदा हुँदै पनि गैर सरकारी संस्थालाई बजेट दिने, अन्यत्राबाट काजमा आएका कर्मचारीको काज फिर्ता गर्नुपर्नेजस्ता माग राख्दै ज्ञापन पत्र बुझाईएको हो ।


पालिका अध्यक्ष प्रमोद बस्नेतलाई उक्त ज्ञापन पत्र बुझाईएको हो । पार्टीका शान्तिनगर गाउँपालिका अध्यक्ष बलबहादुर वलीसहितले ज्ञापनपत्र बुझाएका हुन् ।