लाइन्स क्लब अफ दाङ क्यापिटलद्वारा रक्तदान

तुलसीपुर, १४ भदौ ।
लाइन्स क्लब अफ दाङ क्यापिटलको आयोजनामा रक्तदान भएको छ । आवश्यक रगतको माग पूरा गर्नकालागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

शनिबार तुलसीपुर स्थित रक्त सञ्चार केन्द्रमा भएको रुक्तदान कार्यक्रममा २० जना भन्दा बढिले रगत दिएका छन् । साथै आवश्यक परेको खण्डमा तत्काल रक्तदान गर्नेको लिस्ट बनाएर समेत रक्त सञ्चार केन्द्रलाई उपलब्ध गराईएको छ ।


क्यापिटलका अध्यक्ष अजित खानको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्य एवं डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि मास्कीले रक्तदान नै जीवन दान भएको भन्दै यस्ता कार्य नियमित गरिरहनुपर्ने बताए ।

संस्थापक अध्यक्ष तथा एरिया प्रोग्राम चिफ हिमाल डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब भुपेन्द्र वलीले गरेका थिए ।