जन्मदिनमा घर्तीद्वारा रक्तदान

तुलसीपुर, २९ असोज ।
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका लुम्बिनी प्रदेश सचिब मदन घर्तीले जन्मदिनमा रक्तदान गरेका छन् ।

मंगलबार घर्तीले तुलसीपुर स्थित रक्तसञ्चार केन्द्रमा रक्तदान गरेका हुन् । रगत अभाबमा छटपटिरहेकाहरुको राहातकालागि रक्तदान गरेको बताए ।


रगतदान नै जीवन दान भएको भन्दै आफू जन्मिएको दिनमा रक्तदान गरेको उनको भनाई छ ।

जन्मदिनमा अनाबश्यक तडक भडक भन्दा सामाजिक कार्य गर्नुपर्ने उनको मान्यता रहेको छ ।