दंगीशरण १ मा महिला स्वास्थ्य स्वयंसेवीकालाई सम्मान

दंगीशरण,२१ मङ्सिर । दंगीशरण गाउँपालिका वडा नम्बर १ को आयोजनामा महिला स्वास्थ्य स्वयंसेविका सम्मान तथा स्वयंसेवीकालाई आवश्यक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेकोछ ।

वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएकोहो । महिला स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरपारी वडाले वडा भित्रका ६ जना स्वयंसेवीकालाई दोसल्ला,प्रमाणपत्र र चाहिने आवश्यक सामाग्री झोला, छाता, दराज, परीचयपत्र सहित सम्मान गरेकोहो ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेवीकाले पुर्यायको योगदानको उच्च प्रसंशा गर्नुभयो । नेपालको बाल मृत्युदर, मातृ मृत्युदर समेत घटाउन महिला स्वयंसेवीकाको महत्त्वपूर्ण भुमिकारहेको उल्लेख गर्नुभयो ।

यस्तै वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारीले महिला स्वास्थ्य स्वयंसेवीकाहरुको भुमिकाको उच्च कदरगर्दै सानो सम्मान तथा आवश्यक सामाग्री वितरणका लागि बजेट बिनियोजन गरीएको जानकारीदिनुभयो ।


सोहि अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिले महिला स्वास्थ्य स्वयंसेवीका स्वास्थ्यको प्रमुख बलियो आधार रहेको उल्लेख्य गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगिले वडाले सम्मान तथा आवश्यक सामाग्री बितरण कार्यक्रम राखेकोप्रती धन्यवाद ब्यक्त गर्नुभयो ।

वडा न.१ आधारभुत स्वास्थ्य केन्द्र रामपुरकी सिनियर अनमि सुन्धारा शर्माको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्यकेन्द्रका प्रमुख दामोदर शर्माले गर्नुभएकोथियो ।