अखिल क्रान्तिकारीको संगठन विस्तार तिब्र : आज दुई विद्यालयमा इकाई गठन

तुलसीपुर
२२ पुस / सङ्गठन बिस्तार तथा विद्यार्थी जागरण अभियान अन्तरगत माओवादी(केन्द्र)निकट अनेरास्ववियू (क्रान्तिकारी ) को आज तुलसीपुर उपमहानगरपालिका स्थित दिपेन्द्र माबि मानपुर तुलसीपुरमा ७७ सदस्यीय मुल एकाइ कमिटी गठन गरिएको छ ।

बिधान आचार्यको अध्यक्षता एवम संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष भिम राज खरेलको प्रमुख आतिथ्यताता तथा प्रदेश सचिव मदन जिएमको बिशिस्ट आतिथ्याता तथा जिल्ला कोषाध्यक्ष हिरालाल ओली‘जनार्दन’, संगठनका तुुलसीपुर नगर सहसचिव देबेन्द्र रिजालको आतिथ्यतामा कार्यक्रम भएको हो ।

सोही अववसरमा बिधान आचार्य को अध्यक्षता कमिटि गठन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा राजु ओली, उपाध्यक्षमा सृष्टि बिक, सचिबमा सेन्डृला पहराइ , सहसचिबमा लोकेन्द्र बिक, विद्या बिक, कोषाध्यक्षमा बिमल चौधरीलगायत लाई सर्वसम्मत चयन गरिएको हो । कार्यक्रमको सहजीकरण तुल्सिपुर उपमहानगर कमिटी अध्यक्ष अमर बिश्वकर्माले गरेका थिए ।

महेन्द्र माविमा कमिटि निर्माण
त्यस्तै तुलसीपुर १२ स्थित महेन्द्र माविमा पनि मुल इकाइ कमिटि गठन गरिएको छ ।


रोबिफ खत्रीको अध्यक्षता तथा अनेरास्ववियू संगठनका लुम्बिनी प्रदेश सचिव मदन जिएमको प्रमुख आतिथ्यमा एवं अखिल (क्रान्तिकारी) दाङ जिल्ला कोषाध्यक्ष हिरालाल ओलि जनार्दन , जिल्ला सह–सचिव रामचन्द्र बुढा, विद्यार्थी नेता मिशन सुनारको आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमले रोबिफ खत्रीको अध्यक्षतामा ५७ सदस्यीय मुल एकाइ कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा ऋषी सुवेदी , रितु बुढामगर सचिबमा सुरज खडका,सहसचिबमा सम्झना पोख्रेल, कोषाध्यक्षमा पुष्पा घर्र्तीमगर, संगठन बिभाग प्रमुख मनोज कुमार डाँगी, अनुशासन बिभागमा कमला भुषाल र खेलकुद बिभाग प्रमुख सम्झना परियारलगायतलाई सर्वसम्मत चयन गरिएको छ ।