
रुकुम, ९ असार ।
रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–१० बरनेटी निवासी ४८ बर्षीया गणेशा ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आइतबार अपरान्ह साढे ४ बजेको समयमा विद्युत मिटरमा परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो । चट्याङका कारण मिटरमासमेत क्षेती पुगेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । ९ असार २०८२, सोमबार ०९:४५ बजे