खोलामा नुहाउने क्रममा बालकको मृत्यु

तुलसीपुर, ६ भदौ । दाङको तुलसीपुरमा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ साढे ५ बजेतिर तुलसीपुर ११ सुकौरा निवासी ललिता चौधरीको ६ बर्षीय छोरा रमेश चौधरीको मृत्यु भएको हो ।


स्थानीय डुरे खोलामा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।