तुलसीपुर २५ साउन ।
दाङमा ग्वार खाेलाले बगाउँदा आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसनर सोमबार दिउँसो २ बजेतिर ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ बर्षीया अमृता घर्ती र उनका २ बर्षीय छाेरा रुद्र घर्तीको मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएका उनीहरुको शव २ किलोमिटर तल भेटिएको थियाे ।
लाइभदाङ । २५ श्रावण २०७८, सोमबार १७:१६ बजे