
तुलसीपुर, ४ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित सिद्धि विनायक फर्निचर उद्योगमा भएको आगलागीप्रति नेपाल उद्योग ब्यापार महासंघले दुःख ब्यक्त गरेको छ ।
महासंघका तुलसीपुर नगर समिति अध्यक्ष वेदप्रसाद वली र महासचिब कृष्ण पुनले विज्ञप्ति जारी गरि दुःख ब्यक्त गरेका हुन् ।
महासंघका साधारण सदस्य समेत रहेका ताराबहादुर वलीले गरेको उक्त उद्योगमा भएको आगलागीले १ करोड बढि क्षति पु¥याएको समेत विज्ञप्तिमा उल्लेख छ ।
भदौ २ गते दिउसो साढे २ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हो ।



लाइभदाङ । ४ भाद्र २०८२, बुधबार २१:१८ बजे