नेशनल प्याब्यन तुलसीपुरको नृत्य प्रतियोगिता

तुलसीपुर, ३ भदाै । नेशनल प्याब्सन तुलसीपुर दाङले तिज विशेष संस्कृतिक कार्यक्रम गरेको छ । हरितालिका तीजको अवसर पारेर मंगलबार तुलसीपुरमा कार्यक्रम गरेको हो ।

नेसनल प्याब्सन तुलसीपुर नगरका अध्यक्ष सुमन केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यताकार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि तिजलाई सभ्य बनाउनु पर्ने बताए । साथै यस्ता नृत्य प्रतियोगिताले तिजको संस्कार र संस्कृतिलाई बचाई राख्ने बताए ।
त्यस अवसरमा बिशिष्ट अतिथि एनप्याब्सनका जिल्ला अध्यक्ष शालिकराम कार्कीले तीजलाई एकताको पर्वका रुपमा मनाउने पर्ने बताए ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष ठाकुर डाँगी, जिल्ला सचिव छविकुमार ओलीलगायतकाले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने बताए ।


प्रतियोगितामा अमृत एकाडेमी प्रथम, सगरमाथा बालबाटिका स्कुल द्वितीय, शिखा इङ्ग्लिस बोर्डिङ स्कुल तृतीय र लोकप्रिय एकाडेमी सान्त्वना भएका छन । विद्यालय र विद्यार्थीहरुलाइ पुरस्कार, प्रमाणपत्र प्रदान गरिएको थियो ।

एन प्याबसनका जिल्ला उपाध्यक्ष लिलाधर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव रमेश पौडेलले गरेका थिए ।