सल्यानमा जेसिबि दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान, ७ पुष ।
सल्यानमा जेसिबि दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जेसिबि सहचालक दाङको गढवा गाउँपालिका – ५ का अन्दाजी २४ वर्षिय दिपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले सल्यानले जनाएको छ।

शनिबार बिहान करिब ७ बजेतिर बागचौर नगरपालिका–३ स्यालागैरा स्थित ग्रामीण भित्रि सडक खण्डमा तिरुपाते कन्ट्क्सनको रा १ क ८६९ नम्बरको जेसिबि अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए।


जेसिबि चालक बागचौर नगरपालिका – २ का अन्दाजी २२ वर्षिय दिपक डाँगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।