कर्मचारी युनियन द्वारा स्वागत सम्मान कार्यक्रम

निराश पान्डे
शान्तिनगर, १३ जेठ ।

नेपाल निजामती कर्मचारी युनियन स्थानीय कार्यसमिति शान्तिनगरले नबनिर्वाचित जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि चिराघाटमा स्वागत एवं सम्मान गरेको छ। नेपाल निजामती कर्मचारी युनियन स्थानीय कार्यसमिति शान्तिनगरका अध्यक्ष कृष्ण कंडेलको सभापतित्व तथा नबनिर्वाचित शान्तिनगर गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्य र उपाध्यक्ष प्रेमा केसिको बिशिस्ट आतिथ्यतामा भएको सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले सेवा ग्राही हरुको काम चुस्त दुरुस्त रुपले काम गर्न कर्मचारी बर्ग लाई निर्देशन दिएका छन।


नबनिर्वाचित जनप्रतिनिधिलाई टीका र खादा लगाएर सम्मान गरिएको थियो। कार्यक्रममा वडा नम्बर तिनका वडा अध्यक्ष मीन बहादुर के.सि कर्मचारी युनियनका उपाध्यक्ष नन्दराम के.सि लगाएतले बोल्नु भएको थियो। भने कार्यक्रम को सहजीकरण कर्मचारी युनियनका सचिब राजकुमार न्यौपानेले गरेका थिए।