टिप्परको ठक्करबाट एकजनाको मृत्यु

घोराही, ३ चैत ।
टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–४ का ४५ वर्षीय कालिप्रसाद चौधरीको मृत्यु भएको छ ।

घोराहीबाट गोग्लीतर्फ जाँदै चुन ढुंगा बोकेको रा १ ख २१६२ नम्वरको टिप्परले घोराही–१७ सिस्नेखोला नजिक ठक्कर दिदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साइकलमा सवार चौधरीलाई शुक्रवार राती सवा ८ वजेतिर ठक्कर दिदा घाइते हुनु भएका चौधरीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको डिएसपी जनकबहादुर मल्लले बताउनुभयो ।


ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान थालेको छ । ठक्कर दिएर भागेकोले खोजी गरी कारवाहीको माग गर्दै मृतकका आफन्तहरुले शनिवार विहान ९ वजेदेखि घोराही–लमही सडकखण्ड अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या भएको थियो । शनिवार भएको छलफलमा पीडितपक्षलाई राहतस्वरुप ७ लाख दिने सहमतिपछि दिउसो ३ वजेपछि अवरुद्ध सडक खुलेको थियो ।