
तुलसीपुर,२ भदौ । राजीनामा स्वीकृत पछि घोराही उपमहानगरपालिका वडा नं.८ का वडाध्यक्ष जितेन्द्र बहादुर शाहले कार्यपालिका बैठकमा आफूलाई बस्न नदिएको गुनासो गरेका छन् ।
सोमबार भएको कार्यपालिकाको बैठकमा आफूलाई बस्न नदिएरै राजीनामा स्वीकृत गरेको बताएका हुन् । आफ्नो सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै उनले विहान ७ बजे बेलाईएको बैठकमा आफू पुगेको भएपनि भित्र बस्न खोज्दा नदिएको उनले बताएका छन् ।“
कार्यपालिकाको बैठक ७ बज्य थियो म बिहान ५ बजे घोराही १५ मा रहेको तरकारी बजार पुगेर तेहाको समस्या बुजे अनि कार्यपालिकाको बैठकमा भित्र बस्न खोज्दा नगर प्रमुख ज्यू ले रिसायर बस्न पाउनुन आउट भन्नु भयो’,उनले भने“ किन मेर साब भन्दा‘तपाईको २०८०/३/ ११ गते दियको राजिनामा पत्र अनुसार स्वीकृत भईसक्यो’ भन्नुभयो ।”
उक्त पत्रमा यस अघि नगर प्रमुख चौधरीले हस्ताक्षर नभएको प्रतिक्रिया दिएको भएपनि अहिले भने स्वीकृत गरेको भन्दै उनले गुनासो गरे । त्यति मात्रै नभई ‘धेरै बोल्ने होईन्, बाहिर निस्किनुस्’ भनेर समेत हकारेको उनले बताए ।




लाइभदाङ । २ भाद्र २०८२, सोमबार १०:४८ बजे