ऐतिहासिक हापुरे बजारलाई ब्यबस्थित बनाईने

देउखुरी, २५ साउन ।
दाङको ऐतिहासिक हापुरे बजारको बस्ति विकास तथा शहरीकरण गरिने भएको छ । त्यसकालागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री धनबहादुर मास्कीले हापुरे बजार ऐतिहासिक रहेकाले त्यहाको ब्यबस्थित शहरीकरण आवश्यक रहेको बताए । त्यसकालागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको उनको भनाई छ । हापुरेमा शान्ति वार्ता समेत भएको हो । वार्ता भएपछि त्यो बजारका राष्ट्रिय रुपमा चर्चा हुने गर्छ । त्यस्तै दाङ-सुर्खेत सडक खण्डको एउटा केन्द्रका रुपमा समेत हापुरे बजारलाई लिइएको छ ।
त्यस्तै दाङको घोराही बजारमा इन्टरलकिङ ब्लक छाप्ने ढुंगा प्रयोग गरि सडक तथा फुटपाथ निर्माण गर्नकालागि ५० लाख, तुलसीपुर १४ बबई पारी बस्ति विकासका लागि ५५ लाख ९० हजार, तुलसीपुरको ९, ६ र ५ नम्बर वडामा शहरी पूर्वाधार निर्माणकालागि ९ करोड, अध्यययनबाट प्राप्त दाङ जिल्लाको एक नमुना बस्तिको एकिकृत शहरी पूर्वाधार विकासकालागि ५० लाख बजेट विनियोजन भएको छ ।