तुलसीपुरमा १४ जनामा परीक्षण गर्दा ६ जनामा कोरोना

तुलसीपुर, १७ साउन ।
दाङको तुलसीपुरमा आईतबार १४ जनामा कोरोना परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार सबैलाई ऐन्टिजेन टेष्ट गरिएको हो ।


साथै तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालमा थप तीन संक्रमित भर्ना भएका छन् ।