
तुलसीपुर, ३१ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१ स्थित मनकामना मन्दिरमा नृत्य प्रतियोगिता गरिएको छ । शनिबार श्रीकृष्ण जन्मअष्टमीको अवसरमा टोलबाट नृत्य प्रदर्शन गरिएको हो ।
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मनिराम सुवेदीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि खड्काले यस्ता पर्बलाई सभ्य र भब्य बनाउनुपर्ने बताए । परम्परागत रुपमा मनाउँदै आएको यस्तो पर्वको महत्वलाई विर्सिन नहुँने समेत बताए । त्यस अवसरमा वडा नं.१ का अध्यक्ष हुमकान्त सापकोटा, वडा नं.२ का अध्यक्ष भिमबहादुर योगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस क्रममा नृत्यको मूल्यांकन समितिको संयोजक वडा नं.१ का सचिब होमजंग विश्वकर्मा र सदस्यहरुरुमा टेकप्रसाद भण्डारी र वडा नं.३ का सहायक प्रशासकीय अधिकृत सन्तोष न्यौपाने थिए ।
जसमा प्रथम मिलन टोल, द्धिटिय मनकामना टोल, तृतिय शान्ति टोल भएका थिए । कार्यक्रमको सहजीकरण मन्दिर ब्यवस्थापन समतिका सचिब भिमकान्त भण्डारीले गरेका थिए ।



लाइभदाङ । ३२ श्रावण २०८२, शनिबार २२:१५ बजे