दाङमा जग्गा ब्यबसायिहरुको प्लटिङको नाममा ठगि धन्दा

दाङ, २६ जेठ ।
घोराही–१७ चौघेरा निबासी धनाकुमारी घिमिरे आफ्नो नाममा रहेको ६ धुर जग्गा केही जग्गा ब्यबसायिले गरेको जग्गा प्लटिङको लागि पास गरेर दिइन ।

घोराहीका प्रतिष्ठित जग्गा ब्यबसायीहरुले सोही ठाउकै भैसाहिको ८ बिगाहा जग्गामा गरेको प्लटिङमा धनाले आफ्नो नाममा भएको सो जग्गा जग्गा ब्यबसायीहरु घोराही १८ घर भइ हाल घोराही १५ निबासी उपेन्द्र भनिने खेमराज शर्मा, घोराही १७ भैसाहिका दामोदर घिमिरे, सोही ठाउँकै हरिप्रसाद चौधरीले संयुक्त नाममा पास गरि लिए । थोरै जग्गा कित्ताकाट गरेर सोही ठाउँका चुल्लुराम चौधरीको नाममा पास गर्न ती जग्गा ब्यबसायिले लगाए ।

प्लटिङपछि गाउँले जग्गा धनिहरुलाई ६० प्रतीशत र अरु बाकी ४० प्रतिशत जग्गा ब्यबसायिले सुबिधा पु¥याउने नाममा लिए । उनीहरुले ७ मिटरको पिच बाटो, पक्कि नाला, बिजुलीको तार पोल समेतको सुविधा सम्पन्न घडेरि बनाएर दिने कागज गरे । तर, धनाको सन्दर्भमा सत प्रतिशत ६ धुर (१०१.५८ वर्ग मिटर) को सट्टामा १२ हात मोहडा, ४० हात पिछवाड भएको तयार घडेरि दिने भन्ने सम्झौता त्यहि जग्गा ब्यबसायी समुहका घोराहि १७ कै पदम बहादुर घर्तिसंग भएको थियो ।


तर, उक्त जग्गा ब्यबसायी समुहले झुक्यायर पिडित धनालाई हरिद्वार ९ ग कित्ता नम्बर ७५२ बाट ४.५० वर्ग मिटर र कित्ता नम्बर ७६५ बाट ९.२५ वर्ग मिटर गरि जम्मा १३.७५ व.मि . मात्र (एक धुर पनि नपुगेको) जग्गा उपलब्ध गराई ठगि गरेका थिए । पिडित घिमिरेले झण्डै १० महिनापछि जग्गा बिक्री गर्न मालपोत गएको बेला पिडित धनाले आफु ठगिएको चाल पाईन ।

उनले आफ्नो गुनासो ती ठग्ने जग्गा ब्यबसायिहरुलाई सुनाईन । सम्झौता बमोजिमको जग्गा प्राप्तीको लागि उनि १ महिना रोइन, कराईन । तर, कसैले सुनेनन । उनि बाध्य भएर ती ठग्ने जग्गा ब्यबसायी विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिन गइन् । प्रहरीले ती ठगिमा सलग्न शर्मा, चौधरी, घर्तिलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले आफ्नो गल्ति स्विकार गरेको र क्षतिपुर्ति बाफत उनले पाउने जग्गाको मुल्यको दोब्बर रकम १८ लाख दिने सहमती गरे ।

धनालाई पहिलो किस्ता स्वरुप ९ लाख दिए भने बाकी ९ लाख आगामी असोज भित्र उपलब्ध गराउनेमा सहमती जनाए । जाहेरिमा आरोपित दामोदर घिमिरेलाई बारम्बार यो समस्या समाधान गर्न पिडितले अनुरोध गर्दा बेवास्ता गरि हाल नेपाल बाहिर भागी गएको स्रोतले जनाएको छ । धना एकल महिला हुन् । यस विषयमा आरोपितसंग सम्पर्क गर्न खोज्दा फोन उठेन ।