दाङ, २५ जेठ ।
दाङमा सामुदायिक सुरक्षाजालो कार्यक्रम शुरु भएको छ । नेपाल महिला सामुदायिक सेवाकेन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा जिल्लाका बंगलाचुली, घोराही र दंगीशरण गाँउपालिकामा कार्यक्षेत्र रहने गरि कार्यक्रम शुरु भएको नेपाल महिला सामुदायिक सेवाकेन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रमले विपदका कारण अप्ठेरोमा परेका मानिसको जिवन रक्षाको लागी योगदान गर्ने छ । त्यसमा प्राकृतिक र मानव र्सिजित दुबै थरीको विपदमा परेकाहरुको सेवाको लागी अपातकालीन राहात कोषको व्यवस्था, मानसीक स्वास्थ्य परार्मश सेवा ,अल्पकालीन राहातको व्यवस्था, तथा अति विपन्न समुदायका बालबालीकाको लागी शैक्षिक सामाग्री सहयोग लगाएतका कार्यहरु गर्ने संस्थाले जनाएको छ ।
कार्यक्रमको अवधि साडे दुई वर्षको हुने छ । गत बैशाख महिना देखी शुरु भएको सुरक्षाजालो कार्यक्रम अन्तरगत छनोटमा परेका पालिका स्तरका सरोकार वालाहरुसंग कार्यक्रमको बारेमा जानकारी , घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अति विपन्न समुदायका २१जना बादी बालबालिकाहरुको लागी शैक्षिक सामाग्री वितरण, बंगलाचुली गाउँपालिका वडा नम्बर १ का अग्नीपिडित मुकुन्द कुवरका परिवारलाई सिरक डसना सिरानी, ४ जना स्कुले विद्यार्थीका लागी शैक्षिक सामाग्री र खाद्यन्न लगाएतको राहात सामाग्री वितरण गरेको छ ।
यसैबिच संस्थाले बंगलाचुली गाउँपालिकामा सरोकारवाला निकाय बिचको एक दिने अभिमुखकरण कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको प्रमुख आतीथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतीथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष तुलसीराम पुनले बंगलाचुली गाउँपालिका लुम्बिनी प्रदेशमै विपदको उच्च जोखीममा रहेको बताउनु भयो । उहाँले बंगलाचुली वडा नम्बर ७को ढाबा बस्ती बगेको तिन वर्ष भएपनि अहिलेसम्म पुर्ण रुपमा पुनः निर्माण गरिसकेको अवस्था छैन । त्यसैगरि क्रमशः बगीराख्ने गाउँहरु वर्षेनी थपिदै गएको बताउनु भयो । बंगलाचुलीको २ सय ३६ घरहरु विपदको उच्च जोखिममा रहेको र सो बारेमा भुर्गबबिदहरु संग परार्मश गरेतापनी ठोस निश्कर्ष आउन नसकेको पुनको भनाई थियो ।
कार्यक्रम संयोजक लिला शाहको विषय प्रवेशबाट शुरु भएको कार्यक्रममा जाल्पालघुवित्त वितिय संस्थाका लुम्बीनी प्रदेश प्रमुख पबन योगीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापना काल देखी अहिले सम्म संस्थाले गर्दै आएक क्रियाकलापको बारेमा जानकारी गरानुका साथै सामुदायिक सुरक्षाजालोको उदेश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकानत शर्मा, विपद व्यवस्थापन शाखा प्रमुख शिक्षा शाखा प्रमुख वडा अध्यक्षहरु, स्वास्थ शाखा लगाएत बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका आरके शितलले गर्नुभएको थियो ।
लाइभदाङ । २५ जेष्ठ २०८०, बिहीबार १७:०० बजे