आज आईतबार तपाईको राशिफल

मिति २०८२ साउन २५ गते ।

मेष : आज कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। पारिवारिक विषयमा स्नेह र आत्मियता अनुभव हुनेछ। यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ। व्यापारिक क्षेत्रमा लाभको संकेत छ, तर नयाँ लगानी सोचेर गर्नुहोस्।

वृष : आर्थिक पक्ष बलियो बन्दै जानेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। घरमा धार्मिक वा सांस्कृतिक गतिविधि हुनसक्छ। यात्रामा शुभ फल प्राप्त हुनेछ।

मिथुन : काममा चुनौती आउन सक्छ, तर धैर्यले समाधान हुनेछ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। आर्थिक पक्ष मध्यम रहला। आत्मविश्वासले काम सफलतामा पुग्नेछ।

कर्कट : नयाँ योजना र अवसर हात लाग्ने सम्भावना छ। मित्र वा आफन्तको सहयोग पाइनेछ। व्यवसायमा फाइदा हुने संकेत छ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ।

सिंह : आज निर्णयहरू सोचविचार गरेर लिनुहोस्। करियरमा अवसर आउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। स्वास्थ्यमा अलिक थकान महसुस हुनसक्छ।

कन्या : विद्या, अध्ययन र यात्रामा सफलता मिल्नेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागिता बढ्नेछ। व्यापारमा मुनाफा हुने संकेत छ। साथीहरूको साथ पाइनेछ।


तुला : आर्थिक लेनदेनमा सावधानी आवश्यक छ। गोप्य योजना अरूसँग नबाँड्नु राम्रो। स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक वातावरण सामान्य रहला।

वृश्चिक : साझेदारी र सम्बन्धमा सहयोगको वातावरण बन्‍नेछ। व्यापारमा उन्नति हुनेछ। वैवाहिक जीवनमा मिठास बढ्नेछ। यात्रामा लाभ मिल्नेछ।

धनु : कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। आर्थिक पक्ष मध्यम तर स्थिर रहला। मेहनतको परिणाम बिस्तारै देखिनेछ।

मकर : सृजनात्मक कार्यमा सफलता पाउने दिन हो। प्रेम र सम्बन्धमा आत्मियता बढ्नेछ। आर्थिक पक्ष बलियो हुने संकेत छ। मन रमाउने दिन हुनेछ।

कुम्भ : घर-परिवारको विषयमा व्यस्त रहनुपर्नेछ। थोरै तनाव भए पनि परिणाम राम्रोतिर जानेछ। सम्पत्ति सम्बन्धी कार्य सफल हुनेछ।

मीन : यात्रा, अध्ययन वा तालिमका अवसर प्राप्त हुनेछ। भाइबहिनी वा साथीहरूको साथ पाइनेछ। व्यापारमा नयाँ सम्भावना देखापर्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799