समृद्ध समाज द्धारा दंगीशरणका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान

दिप्तीशिखा चौधरी,
दंगीशरण,१३ जेठ ।

समृद्ध समाज दाङले आज दंगीशरण गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई र सम्मान गरेको छ । समृद्ध समाज दाङको आयोजना तथा सहकर्मी समाज नेपालको सहयोगमा भएको समन्वय बैठकको अवसर पारी बधाई तथा सम्मान गरेको हो । सम्मान तथा स्वागत कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतीथि शम्भु गिरीले समृद्ध समाजले समृद्ध समाज निर्माणमा खेलेको भूमिका सह्राहनीय रहेको भन्दै दंगीशरणबासीहरुको जिवन स्तर बदल्न ठूलो भूमिका खेलेको बताए । अध्यक्ष गिरीले गाउँपालिकाको कार्यविधि अनुशार आगामी दिनमा गाउँपालिका र समृद्ध समाज मिलेर विपन्न वर्गका नागरीकहरुको जिवन स्तरमा परिवर्तन गर्नका लागि संगसर्गै अगाडि बढ्ने बताए ।

सोहि अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले समृद्ध समाज दाङले दंगीशरणमा विपन्न वर्गका नागरीहरुको आर्थीक स्तर माथी उठाउँनमा धेरै सहयोग गरेको भन्दै यी यस्ता संघसंस्थाहरुसंग गाउँपालिकाले समन्वय गरेर अगाडि बढ्ने बताईन् । सो अवसरमा सहकर्मी समाज जिल्ला टिम लिडर पुनाराम पन्थीले पाचँ वर्ष देखि नै गाउँपालिकासंग सहकार्य गर्दै काम गरिरहेको भन्दै आगामि दिनमा पनि फरक ढंगले गाउँपालिकाको साथ र सहयोगमा दंगीशरणमा कार्यक्रमहरु संचालन गर्न आफु तत्पर रहेको बताए । परिवर्तनमूखी गाउँ र समाज बनाउँने सस्ंथाको उद्धेश्य रहेको भन्दै गाउँपालिकाले समन्वयकारी भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताए ।


कार्यक्रममा वडा न. ३ का वडा अध्यक्ष सुकलाल चौधरी, वडा न. ७ का वडा अध्यक्ष रेशम वली लगाएतकाले आ आफनो भनाई राख्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । सो अवसरमा समृद्ध समाजकि सामुदायीक प्रशिक्षक सुनीता चौधरीले सहकर्मी समाजले समुदायमा खेलेको भूमिका, संस्थाले गरेको काम, उद्धेश्य माथी प्रकाश पारेकि थिईन भने समृद्ध समाजकि ब्यवस्थापक राजकुमारी चौधरीले सस्ंथाको आगामी योजना र प्रगती विवरण प्रश्तुत गरेकि थिईन् । समृद्ध समाज दंगशिरणका अध्यक्ष दिल कुमार वि.क को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

समृद्ध समाजकि सामुदायीक प्रशिक्षक भिष्मा बिसीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण बालकृष्ण खड्काले गरेका थिए । समृद्ध समाजले सहकर्मी समाज नेपालको साझेदारीमा गठन भएका ५१ वटा समूहमा कोशेली कार्यक्रम संचालन गर्दै आएको छ । जसमा १०४७ घर संलग्न छन भने ४५४३ जनसंख्या लाभान्वित छन् । विपन्न तथा पिछडिका वर्गहरुको उत्थानका लागि काशेली कार्यक्रम संचालन गरिएको हो । जस मार्फत सामुहिक रुपमा ब्यवसायीक तरीकारी खेती, पशु पालन , गाउँघरमा हुने सामाजीक कार्य, बचत कोष निर्माण जस्ता कार्यहरु गर्दै आएको छ ।